मनहरीका सुकुम्बासीको समस्या सांसद बर्तौलाले उठाए सदनमा

धानमन्त्रीलाई प्रश्न गर्दै बर्तौलाले भने–निकुञ्ज र मध्यवर्ती क्षेत्र पीडित मनहरीका भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले जग्गा धनी पुर्जा कहिले पाउँछन् ?
जनपत्र
१४ जेष्ठ २०८०, आईतवार ०६:२०

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर– २ बाट निर्वाचित साँसद महेश बर्तौला मनहरीको भुमिहिन सुकुम्बासी अव्यवस्थित वसोबासिको भेलामा सम्बोधन गरेर सदनको बैठकका लागि काठमाडौ पुगेका छन् । साँझ काठमाडौ पुगेर संसदमा बोल्दै साँसद बर्तौलाले प्रधानमन्त्रीलाई प्रश्न भनेर बिषय उठाएका थिए ।

बर्तौलाले निकुञ्ज र मध्यवर्ती क्षेत्र पीडित मनहरीका भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले जग्गा धनी पुर्जा कहिले पाउँछन् ? भनेर सदनमै प्रधानमन्त्री पुस्पकमल दहाललाई बिषय राखेका हुन् ।

मनहरी क्षेत्रका भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरु ५० औं बर्ष देखि त्यहाँ बसोबास गरि आएको तर स्थानीय सरकारले निस्सा बितरण गर्न खोज्दा पर्सा राष्ट्रिय निकुञ्जले रोक लगाएको उल्लेख गर्दै बन मन्त्रालय, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समस्या सिर्जना भएकोले समाधनको लागि सरकारलाई झक्झकाए।

नेकपा एमालेका सचेतक समेत रहेका बर्तौला हिजो ११ बजे मनहरी पुगेर भुमिहिनका र्यालीमा सहभागी भएका थिए । मनहरि बजारको मनकामना मन्दिरमा कोण सभामा परिणत भएको भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासिहरुको सभालाई सम्बोधन गर्दै उनले आफु संधै जनताको पक्षमा लड्ने र आफुले सदनमा मनहरी क्षेत्रको मध्यवर्ती समस्या बारे खारेजिको माग राखेको बताए ।

आफू एक्लैको पहलमा केही नहुने भन्दै यो बिषयलाई सबै जनप्रतिनिधिको साझा बिषय बनाउनु पर्ने र साझा ढंगले लड्नु पर्ने बताए । जनताको समस्ता वडा सदस्य देखि संघीय साँसद सम्म सबैको साझा सरोकार भएको बताउदै आफुले निकुञ्जको सिमा हेरफेर र मध्यवर्ती खारेजिमा सदनमा लड्ने र नेपालका अन्य यस्तै समस्या ग्रस्त क्षेत्रका साँसदहरुसंग पनि समन्वय गरेर मुद्द उठाउने बताएका थिए । मनाहरिको भेलालाई सम्बोधन गरेर सदनको बैठकका लागि काठमाडौ पुगेका बर्तौलाले आजै सदनमा प्रधानमन्त्रीलाई बिषय सदनमै राखेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*