हेटौंडामा लैङ्गिक हिंसा, साईबर क्राईम र तनाव सम्बन्धी तालिम

जनपत्र
१३ जेष्ठ २०८०, शनिबार २०:१७

हेटौंडा । युवा लक्षित लैङ्गिक हिंसा र साईबर क्राईम न्युनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिम शनिबारदेखी हेटौंडामा शुरु भएको छ । प्रदेश युवा परिषद, बागमती प्रदेश हेटौंडाको सहयोगमा गैरसरकारी संस्था महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम नेकपा एमालेका बागमती प्रदेश सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्य तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) दीपक रेग्मीको विशेष आतिथ्यमा भएको थियो ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानव अधिकार आयोगकी रेवा रेग्मी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका उपाध्यक्ष कमल विश्वकर्मा, अधिवक्ता मदनकुमार दाहाल, नर्सिङ संघ मकवानपुरकी उपाध्यक्ष निर्मला ब्लोन लगायतको आतिथ्य रहेको उद्घाटन कार्यक्रम गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा ओम शान्तिका डा। बिजय सिग्देल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक  टेकबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रतिनिधी लगायतले सहजिकरण गरिरहनु भएको छ । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल नर्सिङ संघ, राष्ट्रिय अपाङ्ग महासंघ, नागरिक संघसंस्थाका प्रतिनिधी, श्रमिक, युवा, विद्यार्थीसहित ७५ जनाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*