मकवानपुरमा ट्रकको ठक्करबाट हात चुडिएको युवकको उपचारका क्रममा मृत्यु

जनपत्र
१३ जेष्ठ २०८०, शनिबार १६:२३

हेटौंडा । मकवानपुरमा ट्रकको ठक्करबाट हात चुडिएको युवकको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । बसमा यात्रा गरिरहेका युवकले झ्यालबाट हात निकारेल यात्रा गरिरहेका थिए । बिपरित दिसाबाट आइरहेको ट्रकको ठक्करबाट हात चुढेर लगेको थियो । चुढीएको हात सहित उपचारका लागि हेटौंडा अस्पतालमा पुगेका यात्रुको उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर–९ स्थित रजैयामा मिनि ट्रकको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको हो। मृत्य हुनेमा अन्दाजी ३० बर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिएको छ भने निधारमा चोट लागेको थियो ।

दाहिने हातको टुक्रा पछि प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्की बताए । हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा आपसमा सडक क्रस गर्ने क्रममा च्यापिएर ती पुरुषको हात चुँडिएको हो । ट्रक र ट्रक चालक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*