जलहरी प्रकरणमा सहमति : सांसदको अभिव्यक्ति हटाइने, एमालेले बैठक अवरोध नगर्ने
काठमाडौं । पशुपतिको जलहरीको विषयमा सत्तापक्ष र प्रतिपक्षी एमालेबीच भएको विवादमा सहमति जुटेको छ ।
प्रतिनिधि सभामा जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइने भएपछि सहमति भएको हो ।
आज बिहान प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको दलका शीर्ष नेताहरूबीच भएको बैठकमा रेकर्डबाट हटाउने सहमति भएको ।
सांसद दाहालले जलहरी प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीलाई जोडेपछि एमालेले संसद अवरोध गरेको थियो ।
दाहालको अभिव्यक्ति हटाइने भएपछि एमालेले पनि आज बस्ने बैठक अवरोध नगर्ने सहमति भएको छ ।
सहमति अनुसार दाहालको अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले नै संसदमा प्रष्ट्याउनेछन् ।






