शिक्षामा सीप कार्यक्रमको निरीक्षण गर्न काठमाण्डाै महानगरका मेयर बालेन्द्र विद्यालयमा

जनपत्र
१३ जेष्ठ २०८०, शनिबार ०९:२४

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि हिजाे विभिन्न सामुदायिक विद्यालयमा पुग्नुभयाे । महानगरले गएकाे वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम सुरु गरेको हो ।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित महानगरले याे कार्यक्रम लागू गरेको हो । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने महानगरको उद्देश्य हो । यसअन्तर्गत ९० घण्टे कार्यक्रम तय गरिएको छ । जसमा कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला रङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् ।

निरीक्षण कार्यको सुरुआत वडा नं ५ टङ्गालमा रहेको टङ्गाल माध्यमिक विद्यालयबाट भएको थियो । विद्यालयका विद्यार्थीहरू समूहमा बाँडिएर कोही काठ चिल्लो बनाउने, बुट्टा भर्ने, काट्ने, नाप्ने सीप सिकिरहेका थिए । केही विद्यार्थी मोबाइल मर्मत गर्न सिकिरहेका थिए । सीपमूलक तालिममा सहभागी नहुने विद्यार्र्थीहरू कक्षा कोठाको सजावट गर्ने सामग्री निर्माण गर्ने, आर्ट गर्ने, कागज काटेर सजावटका सामान बनाउनेलगायत काम गरिरहेका थिए ।

त्यसैगरी वडा नं २५ मा रहेको कन्या विद्या मन्दिर माध्यमिक विद्यालयको पनि प्रमुख साहले अनुगमन गर्नुभयो । उहाँसँग प्रवक्ता नवीन मानन्धर, शिक्षा सल्लाहकार रेशु अर्याल, सहायक विज्ञ शैलेन्द्र झासहित अधिकारी सहभागी हुनुहुन्थ्यो । विद्या मन्दिरका विद्यार्थीको एउटा समूह ब्युटिसियन (सौन्दर्य कला) र अर्को समूह सिलाइ कटाइ तालिममा व्यस्त थिए ।

‘प्रयोगात्मक शिक्षण विधिबाट विद्यार्थीहरूको सिकाइप्रतिको रुचि बढ्छ । शिक्षण पद्धतिलाई परम्परागत बनाइनुहुँदैन । खेल र प्रविधि जोडेर विद्यार्थीहरूमा स्वतः रुचि जगाउनुपर्छ”, निरीक्षणका क्रममा प्रमुख साहले भन्नुभयो, “मैले चुनावी घोषणापत्रमा सामुदायिक विद्यालयमा हप्ताको एक दिन सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकास जस्ता कार्यक्रम सुरु गर्नु भनेको थिएँ, घोषणाअनुरूप कार्यान्वयनमा आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*