अब हेटौंडा काठमाडौंको भाडा ६२४ रुपैयाँ
बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।
प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा पनि घटाएको हो ।
आज शुक्रबारदेखि लागू हुनेगरी भाडा घटाइएसँगै हेटौंडा-भीमफेदी-काठमाडौं छोटो दूरीमा चल्ने सवारीको घाडा ६ सय २४ रुपैयाँ कायम गरिएको छ ।
यसअघि ६ सय ५१ रुपैयाँ रहेको भाडा आजबाट २७ रूपैयाँले घटेर ६ सय २४ रुपैयाँ कायम भएको छ ।
काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।






