जनकपुरधाम–११ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनपत्र
१२ जेष्ठ २०८०, शुक्रबार १४:१०

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज शुक्रवार मुद्दा दायर गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*