एमालेलाई माओवादीको जवाफ –’संसदमा आफ्नो कुरा राख्न पाइन्छ’

जनपत्र
१२ जेष्ठ २०८०, शुक्रबार १३:४९

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधि सभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाउनु नहुने बताउनु भयो । उहाँले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौँ । अहिले जुन खालको विषयवस्तु गरिएको छ, यो सार्वभौम संसद् हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ । आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रुपमा लगियोस् । यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ ।’

प्रतिनिधि सभाको आजकाे बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका छन् । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद् चल्न नदिने अडान लिएका छन् । नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*