नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आरोपीको बयान सुरु

जनपत्र
१२ जेष्ठ २०८०, शुक्रबार १३:१४

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगीकिर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

१४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*