आईपीएल क्रिकेटको फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै

जनपत्र
१२ जेष्ठ २०८०, शुक्रबार ११:१०

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात साविक विजेता टोली हो । यसअघि पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किङ्ग्स फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल पर्सि आइतवार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*