काठमाण्डौभित्र न्यूनतम गाडीभाडा एक रुपैयाँ सस्तो, बाग्मती प्रदेशमा यस्तो छ नयाँ भाडादर

जनपत्र
१२ जेष्ठ २०८०, शुक्रबार १०:०३

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ ।

पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ ।

बाग्मती प्रदेशभित्रको नयाँ भाडादर हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*