श्री ३ भनिरहनु पर्दैन, जुम्लामा बिजुली पठाउन ठेक्का सम्झौता भैसकेको छ : कुलमान घिसिङ

जनपत्र
२२ श्रावण २०७६, बुधबार ०६:२६

जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले जुम्ला अन्धकार भएको लामो समय भैसक्दा पनि प्राधिकरणले बिजुली नदिएको भन्दै संसदमा आक्रोश पोख्नुभयो ।

उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान  पुनलाई श्री ३ महाराजको पनि दर्जा दिनुभयो । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्‍याउन ठेक्का सम्झौता भइसकेको बताउनु भएको छ ।

‘जुम्लामा अहिलेसम्म हाम्रो अफिस पनि थिएन, अब हामीले अफिस खोल्ने निधो गरिसकेका छौँ, र जुम्लामा डेढ वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली पुर्‍याउन दैलेखबाट ३३ केभी प्रसारण लाइन बनाउन ठेक्का सम्झौता गरिसकेका छौँ’, घिसिङले भन्नुभयो, ‘हामीले पहल गरिरहेका छौँ, त्यसरी श्री ३ नभनेको भए हुन्थ्यो ।’

उहाँले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा  डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*