काठमाण्डाै उपत्यकासहित विभिन्न ठाउँमा वर्षा
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेकाे छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण वर्षा भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि वर्षा भइरहेको छ। मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाण्डौसहित पूर्वी उत्तरी क्षेत्रमा पनि वर्षा हुने उहाँले बताउनुभयो । यी प्रदेशमा प्रि-मनसुनसँगै पश्चिमी वायुको प्रभाव परेको उहाँले बताउनुभयो ।
यस्तै, दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।






