थाहा नगरपालिकाबाट १८ पोका गाँजा सहित एक जना पक्राउ
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ फेदिगाउबाट प्रहरी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । स्थानीय ५५ को सुर्य तामाङको घरमा लुकाइ राखेको १८ पोका गाँजा बरामद गरिएको हो ।
गाँजा सहित तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता टेक बहादुर कार्कीले बताउनुभयो । गाजाँ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरिक्षक ओत्सेतुङ गुरुङको कमाण्डमा ७ जनाको टोली खटी गई घर खानतलासी गर्दा १८ वटा साना पोकाहरु गाँजाको धुलो फेलापारेको प्रहरीले जनाएको छ ।






