मधेशमा मन्त्रिपरिषद् विस्तार : जनमतको कृषि मन्त्रालय खोसियो

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार १४:४५

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेका छन् ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।

यो मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए । मुख्यमन्त्री यादवले कुशवाहलाई विना विभागीय मन्त्री बनाएर गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*