कामीरिता शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार ११:२०

काठमाण्डाै – कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । उहाँले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाकाे सफल आराेहण गर्नु भएकाे सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उहाँले गएकाे बुधवार बिहान साढे ८ बजे सगरमाथाको २७औँ पटक सफल आरोहण गर्नुभएकाे थियाे । २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औँ पटक आरोहण गर्नुभएको थियो ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा हुनुहुन्छ । उहाँ २७ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । पासाङदावा (पादवा) शेर्पाले हिजाे  २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाकाे आराेहण गर्नुभएकाे हाे ।

यसअघि पासाङदावा शेर्पा र कामीरिता शेर्पाकाे सगरमाथा आराेहण बराबरी थियाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*