पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गयाे

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार १०:४०

क‍ास्की – पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन्।

गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाण्डौ कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएकाे हाे । उनकाे उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*