यी प्रदेशमा छ आज वर्षाको सम्भावना

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार ०६:५८

देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार बाँकी भूभागमा पनि बदलीको अवस्था छ।

‘दिउँसोपख देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ उनले भने, ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’

उनले कोशी प्रदेशको तराई र मधेश केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको उनले बताए।

‘अब तीन दिन यस्तै मौसम रहन्छ। प्रिमनसुन चलिरहेकाले यस्तो बेला सामान्यतया पनि बदलीकै अवस्था रहन्छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*