रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै

जनपत्र
८ जेष्ठ २०८०, सोमबार ०८:२४

काठमाण्डाै – रातो मच्छिन्द्रनाथको रथलाई आज साेमवार लगनखेलबाट जावलाखेल तानिँदैछ । आज दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ ।

आज रथ तान्नका लागि हिजो आइतवार बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो । रथ तान्नुअघि रथको टुप्पोबाट दुई पल्ट नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो बिहीवार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्‍याइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएकाे वैशाख २८ गते ज्योतिषीहरूले आजको साइत निकालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*