बूढानीलकण्ठ कार दुर्घटना प्रकरण : पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

जनपत्र
८ जेष्ठ २०८०, सोमबार ०७:२६

काठमाण्डाै – बूढानीलकण्ठको कार दुर्घटना प्रकरण मुद्दामा चालक पृथ्वी मल्ललाई उच्च अदालत पाटनले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना गरेकाे छ । मल्लले लापर्बाही गरेर गाडी चलाउँदा पैदलयात्रीकाे ज्यान गएको भन्दै उच्च अदालत पाटनले मल्ललाई दोषी ठहर गर्दै सजाय गरेकाे हाे ।

उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै याे फैसला गरेको हो । यसअघि जिल्ला अदालत काठमाण्डाैले सामान्य दुर्घटना भन्दै मल्लविरुद्ध छ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला गरेकाे थियाे । जिल्लाकाे याे फैसलाविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो ।

तीन वर्षअघि बूढानीलकण्ठमा मल्लले जाँड–रक्सी खाएर गाडी चलाइरहेको कारले ठक्कर दिँदा पैदलयात्री लीला देवकोटाको ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*