मेलम्ची खानेपानीको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई, दशैंपछि काम सुरु हुने

जनपत्र
२१ श्रावण २०७६, मंगलवार ०६:५१

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि चिनियाँ कम्पनी छनौंट भएको छ। मेलम्ची खानेपानी विकास समितिले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोलाई दिन लागेको हो। आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई छनोट गरेको छ। छनोट प्रक्रिया सकेर ऋणदाता एसियाली विकास बैक(एडीबी)बाट स्वीकृतिका लागि पठाएको आयोजना प्रमुख सूर्यराज कडेलले जानकारी दिए।

एडीबीले मूल्यांकन सकेर एक सातामा निर्णय दिनेछ। त्यसपछि आयोजनाले  सात दिनका लागि उजुरी दिन सकिने गरि सूचना प्रकाशित गर्छ। कुनै अवरोध नआए १५ दिनभित्र सम्झौता हुनेछ।  सम्झौता भएको कम्पनीले एक महिना मोविलाईजेसन पिरियड पाउने छ। असोज अघि नै काम सुरु गर्ने गरि ठेक्का लाग्ने कँडेलले दाबी गरेका छन्। तर असोजपछि मात्रै काम सुरु हुने निश्चित छ।काम थालेको १२ महिनामा सुरुङमार्ग फिनिसिङ र १५ महिनामा हेडवर्क्स तयार पार्नुपर्नेछ।

सुरुमा मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसी-सिएमआइईले काम गर्न नसकेपछि इटालियन कम्पनीलाई दिईएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*