पोर्चुगलमा सुतेकै अवस्थामा बाँके खजुराका एक युवाको ज्यान गयो

जनपत्र
७ जेष्ठ २०८०, आईतवार १२:४५

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको ज्यान गएको छ ।

खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा ज्यान गएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभएको छ ।

साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत हुनुहुन्थ्यो । उहाँ रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुग्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*