हरि बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गरोस् : सांसद घर्ती

जनपत्र
७ जेष्ठ २०८०, आईतवार ११:५२

काठमाडौं । दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ ।

रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौं फर्किंदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् ।

रोल्पाको थवाङ गाउँपालिका-३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*