सुनचाँदीको भाउ बढ्यो

जनपत्र
७ जेष्ठ २०८०, आईतवार १०:५१

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको छ  ।

सुन अस्ति तोलाको एक लाख ९ हजार दुई सय रुपैयाँ थियो । शनिवार सार्वजनिक बिदा भएकाले भाउ तोकिँदैन ।

यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*