२४ घण्टामा ३० जनामा काेराेना सङ्क्रमण
काठमाण्डाै – पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १३ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये आठ जना आइसाेलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै २४ घण्टामा २८ हजार सात सय ९२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।






