नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान दिनरात नभनी काम गर्छाैँ : अर्थमन्त्री महत

जनपत्र
६ जेष्ठ २०८०, शनिबार ०८:५६

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आवश्यकता सम्बोधन हुने गरी सरकारले आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै अर्थमन्त्री महतले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई यस्ताे प्रतिक्रिया दिनुभएको हो । कांग्रेस प्रवक्तासमेत रहनुभएका उहाँले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमानदारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘देशकाे आवश्यकताअनुसार सरकारको नीति तथा कार्यक्रम आएकाे छ । त्यसलाई कार्यान्वयन गर्न हाम्रो क्षमता बढाउनु पर्‍याे । इमानदार हुनुपर्‍याे । रातदिन काम गर्नुपर्‍याे । त्यो काममा हामी लाग्छौँ । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् ।’

मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरूपमा बुझ्न नहुने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*