मकवानपुर उद्योग बाणिज्यसंघद्वारा महोत्सवको आमदानी र खर्च सार्वजनिक

जनपत्र
५ जेष्ठ २०८०, शुक्रबार २१:१२

हेटौंडा । मकवानपुर उद्योग बाणिज्यसंघले महोत्सवको आमदानी र खर्च सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को हरहिसाव सम्बन्धमा आज पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराइएको हो ।

महोत्सवबाट कुल रु. १ करोड २१ लाख ४९ हजार रुपैयाँ आमदानी गरेको उद्योग बाणिज्यस.घले खर्च तर्फ कुल १ करोड १३ लाख ९८ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । मेलाबाट उद्योग बाणिज्यस.घलाई ७ लाख ५० हजार रुपैयाँ मात्र नाफा गरेको उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले वताउनुभयो । केही प्रायोजकहरुबाट ३२ लाख ८० हजार रुपैयाँ जिन्सीसमेत गरी प्राप्त हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

महोत्सवलाई आकर्षणयुक्त बनाउन बाल उद्यानदेखि दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कला प्रस्तुति रहेको थियो । महोत्सवमा देशभरबाट कृषि, उद्योग, व्यवसाय, निर्माण, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका स्टलहरु रहेको थियो ।

महोत्सवमा व्यवसायी, उद्योगी, उपभोक्ता, सरकारी निकाय, संघ÷संस्था, अनुसन्धानकर्ता र आमनागरिकसमेत एकै ठाउँमा जमघट भई प्रतिक्रिया, सुझाव आदानप्रदान हुंदा समग्रमा उद्यमशीलतामा टेवा पुगेको थियो ।

महोत्सवको खर्च विवरण यस प्रकार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*