बर्खामा मासिक ५० र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिइने

जनपत्र
५ जेष्ठ २०८०, शुक्रबार १७:३६

सरकारले ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने घोषणा गरेको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँका अनुसार सरकारले दुई वर्षभित्र सबैको घरमा बिजुली पुर्‍याउने भएको छ । विपन्न वर्गलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको घोषणा छ ।

त्यस्तै सरकारले बर्खायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । सरकारले खाना पकाउने ग्यासलाई क्रमशः बिजुलीबाट प्रतिस्थापन गर्ने घोषणा पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*