मेलम्ची खानेपानीको दोश्रो चरणको काम अघि बढ्ने, एक हजार शौचालय बनाउने सरकारको नीति

जनपत्र
५ जेष्ठ २०८०, शुक्रबार १७:२८

सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै सञ्चालन गर्न दोश्रो चरणको काम अघि बढाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा सो घोषणा उल्लेख छ।

पानीको श्रोतलाई प्रदूषण मुक्त बनाइने पनि उनले बताए। एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने पनि सरकारले नीति बनाएको छ।

‘एक हजार सार्वजनिक शौचालय तथा विश्रामस्थल निर्माण गरिने छ,’ पौडेलले भने।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*