हेटौंडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता

जनपत्र
५ जेष्ठ २०८०, शुक्रबार १५:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाको समन्वयमा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता भएको छ ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा हल बाहिर उद्यमशिलता प्रदर्शनीमा हेटौंडाका महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बिभीन्न स्टलमा सामान राखिएको थियो । त्यसैगरी हल भित्र भने हेटौंडाका वडा वडाबाट नृत्य प्रतियोगितामा भाग लिएकाहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

नृत्य प्रतियोगिता कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्नु भएको थियो भने उद्यमशिलता प्रदर्शनीको बागमती प्रदेशसभाका सदस्य तथा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले गर्नुभयो ।

कार्यक्रममा प्रथम मुख्यमन्त्री पौडेलले स्थानीय सरकारले सडक निर्माण मात्रै बिकासहो भन्नेकुरालाई छोडेर सबै क्षेत्रको काममा जोड दिन आग्रह गर्नुभयो । विकासका हरेक कामसंगै अतिरिक्त क्षेत्रमा पनि जोड दिन आग्रह गर्नुभयो । उद्यमशिलता प्रबर्दन कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणलाई सहजता हुने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य श्रेष्ठले उद्यामशिलता संगै उद्योगी व्यावसायीहरुको प्रबर्दनका लागि लाग्नुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमले अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले आफ्नो वडामा बिकास निर्माणका कासंगै यस्ता महत्वपूर्ण काम गरेर हरेक क्षेत्रको बिकासमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं, वडाअध्यक्षहरु लगायतकाको आतित्यता रहेको थियो । कार्यक्रममा लोक गायक बद्री पंगेनीले गित गाउँदा हलमा हात हल्लाई हल्लाई नाच्नेहरु पनि उत्तिकै रहेका थिए । कार्यक्रममा गायक ऋचा शर्मा लगायतकाको प्रस्तुती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*