कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप बाँडिने, छुट्याइयो डेढ करोड रुपैयाँ

जनपत्र
४ जेष्ठ २०८०, बिहीबार ०६:३६

कोशी प्रदेश सरकारले प्रदेशसभाका हरेक सदस्यलाई एक-एक थान ल्यापटप वितरण गर्ने भएको छ । प्रदेशसभाका ९३ सदस्य र सात समितिका सचिवका लागि प्रदेश सरकारले कूल १०० थान ल्यापटप वितरण गर्न लागेको हो ।

आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा कोसी प्रदेशसभा सचिवालयलाई​ डेढ करोड रुपैयाँ छुट्याइएको हो ।

प्रदेशसभालाई ई-लेजिस्लेसनमा लाने विषय नीति तथा कार्यक्रममा परेको थियो, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने, अहिले आर्थिक वर्षको अन्तिममा प्रदेशसभा सदस्यहरूलाई एक-एक थान ल्यापटप उपलब्ध गराउने भनेर हामीले सूचना निकालेका छौं ।

पराजुलीका अनुसार ल्यापटप खरिद प्रक्रिया अगाडि बढिसकेको छ । ल्यापटप पाएपछि सांसदले प्रदेशसभा बैठकको जानकारी, कार्यसूची, विधेयक लगायतका बारेमा अनलाइन माध्यमबाट जानकारी पाउने उनले बताए ।

ल्यापटप खरिदका लागि प्रदेशको वेबसाइट र सार्वजनिक खरिद अनुगमन कार्यालयमा सूचना प्रकाशन गरिएको छ ।टेकपानाबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*