बिरामी पशुको उपचार गर्न एमुलेन्स, माटो परिक्षण गर्न बस

जनपत्र
२० श्रावण २०७६, सोमबार १५:१९

हेटौंडा । प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका निम्ती सहयोगी बन्दै गएको छ । प्रदेशभरीका किशानहरुको समस्यालाई मध्यनजर गरेर बिरामी पशुको उपचार गर्नका लागि एमुलेन्स र माटो परिक्षण प्रयोग गर्नका निम्ति मोवाइल सोइल टेस्टिङ भ्यानबाट सेवा दिन सुरु गरिएको छ ।

प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ वटा भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कुनैपनि समयमा चौपाया बिरामी परीहालेमा सहयोग गर्ने उदेस्यले एमुलेन्सको व्यावस्था गरिएको हो । यो एमुलेन्सले चौपाया बिरामी परेमा तत्काल उद्धार गरेर उपचार गर्न पशु डाक्टर सम्म ल्याउनका लागि सजिलो हुने छ ।

विरामी चौपाय पशुहरुको तत्काल उद्धार गरी थप उपचारको व्यवस्था गर्न मन्त्रालयले ४ वटा एम्बुलेन्स व्यवस्था गरेको हो । मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एकरएक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको मनत्रालयका प्रबक्ता निर्मल गदालले बताउनुभयो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बन्धित केन्द्रलाई चाबी, बिलबुक हस्तान्तरण गर्नुभएको थियो । ४ वटा पशु एम्बुलेन्सले प्रदेशको विभिन्न जिल्लाका पशु स्वास्थ्य घुम्ती सेवा, पशु उद्दार र उपचार तथा माग बमोजिम कृषक र सहकारी स्तरमा सेवा पु¥याउने योजना रहेको मन्त्रालयका प्रवक्ता गदालले बताउनुभयो ।

सेवाबाट साना तथा दुर्गम क्षेत्रका पशुपंक्षीपालक कृषकहरुले छिटो, छरितो र गुणस्तरिय सेवा पाउने अपेक्षा रहेको प्रवक्ता गदालले बताउनुभयो । उहाँका अनुसार पशु एम्बुलेन्सको ई बडिङ्ग खरिद ३७ लाखमा गरिएको बताउनुभयो । यसैगरी हेटौंडामा माटो परिक्षण प्रयोगशालाको भवन उद्घाटन कार्यक्रममा भ्यानबाट दिने सेवाबारे जानकारी दिइएको थियो । माटो परिक्षण प्रयोगशाला स्थापना नभएका स्थानिय तहहरुका लागि माग अनुसार तत्काल माटो परिक्षण सेवा उपलब्ध गराउन माटो परिक्षण घुम्ती प्रयोगशालाको लागि बसको व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताउनुभयो ।

मन्त्रालयले ई विडिङ्ग मार्फत ८० लाख लागतमा खरिद गरेको भ्यानले दैनिक रुपमा ३० वटा माटोको नमुना स्थलगत रुपमा नै परिक्षण गर्न सकिने प्रवक्ता गदालले बताउनुभयो । प्रवक्ता गदालका अनुसार उक्त घुम्ती सेवा बसबाट वार्षिक १२ हजार कृषक परिवार लाभान्वित हुने छन् । प्रयोगशालामा यस अघि एउटा बसको व्यवस्था थियो अहिले अर्को एउटा थप गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*