मकवानपुरमा लागू औषध ओसार्ने फरक तरिका अपनाउँदै तस्कर

अटोमा गाँजा ओसारपसार गर्ने तीन जना हेटौंडाबाट पक्राउ ।
जनपत्र
२० श्रावण २०७६, सोमबार १४:३१

हेटौंडा । मकवानपुरमा लागू औषध ओसार पसार गर्ने फरक फरक तरिका अपनाएर तस्करहरुले गाँजा भारत निकासी गर्दै आएको रहस्य खुलेको छ । पहिले भारतीय गाडीको प्रयोग गरेर गाँजा निकासी गर्दै आएका तस्करहरुले फरक सैली अनुसार अव स्थानीय अटोलाई प्रयोग गरेर लागूऔषध गाँजाको निकासी गर्न थालेका हुन् । अटोमा लागु औषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा हेटौँडाबाट प्रहरीले गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

सूचनाको आधारमा प्रहरीले हेटौँडा ११ बाट मनहरी गाउँपालिका वडा नंबर ८ का जीवन मोक्तान, पर्षा जिल्ला विरगञ्ज उपमहानगरपालिका १० का राजेश पटेल र मुन्ना अन्सारीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ किलो ९ सय ग्राम गाँजा समेत बरामद भएको पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गाँजा ओसारपसारमा प्रयोग भएको ना १ ह ९७६४ नंबरको अटोलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । गाँजा कारोबारीको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*