हेटौंडामा चार दिने खाद्य स्वच्छता तथा पोषण सम्बन्धी तालिम सुरु
हेटौंडा– बजारमा पाईने ‘जंग फुड’ का कारण बालवालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै हेटौंडामा घरेलु उत्पादनका सामग्री बाटै स्वच्छ र पोषण युक्त खाद्य पदार्थ उत्पादन गर्न सकिन्छ भन्ने सिकाउने तालिम सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहकार्य र बलियो नेपालको आयोजनामा हामिले खेतीबाटै उत्पादन गरेको रैथाने बालिको मद्दतबाट स्वच्छ तथा पौष्टिक आहार युक्त खाद्यपदार्य उत्पादनको बिधी सिकाउन हेटौंडामा चार दिने खाद्य स्वच्छता तथा पोषण सम्बन्धी तालिम सुरु गरिएको हो ।
मंगलबार देखी सुरु भएको बलियो महिला तथा उद्यमशिलता विकास तालिमको उदघाट्नगर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले महिलाहरुले आफ्नो क्षमताबाट हासिल गरेको शक्तिलाई सञ्चय गरे बलियो महिला बन्न सक्ने बताइन् । पौष्टिक आहाराले महिलाहरुलाई स्वास्थ्य राख्नका साथै क्षमता विकासमा टेवा पुग्ने हुदाँ पौष्टिक आहारमा ध्यान दिन आग्रह गरिन् ।
उपमहानगरले महिलाहरुलाई शिक्षा, स्वास्थ्य राजनितिक लगायतका विभिन्न क्षेत्रमा बलियो बनाउन आगामी नीतिगत कार्यक्रम ल्याउने तयारी रहेको बताइन् । उनले निजी क्षेत्रसँगको समन्वयमा कुपोषण समस्या समाधान गर्न यस्ता प्रशिक्षणहरु प्रदान गर्दै महिला उद्यमशीलता कार्यक्रममा जोडन लागि परेको जानकारी दिइन् ।
कार्यक्रममा बलियो नेपालका कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले आम नागरिकमा जनचेतना अभिवृद्धिका साथै महिला उद्यमशिलताका प्रशिक्षणहरुले बालबालिकाहरुलाई कुपोषणबाट बचाउन सहयोग पुग्ने समेत बताए । बालबालिकाहरुलाई आमाको दूधको साथै फोर्टिफाइड भिटामिन तथा खनिज थप गरिएको पदार्थ आहार खुवाउन सके कुपोषणबाट बचाउन सकिने बताए ।
कार्यक्रममा माधव राज सुमागी स्मृति कोषकी उपाध्यक्ष अस्मिता सुमार्गीले महिलाहरुलाई सक्षम बनाउन सबैभन्दा पहिला महिलाहरुको स्वस्थ्यमा ख्याल गर्नुपर्ने बताइन् । उनले महिलाहरुलाई उद्यमशीलता बनाउन बैंक तथा बीमा संस्थाबाट ऋण उपलब्ध गराउन संस्थाले भूमिका खेल्ने बताइन् । उनले महिला सशक्त भए देश बलियो बन्नेमा जोड दिइन् ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, नार्कका वरिष्ठ वैज्ञानिक डा.रोमन कार्की, सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ती कलावती सुमार्गिको आतिथ्यता रहेको थियो । तालिममा हेटौंडाका २० जना महिलाहरुको सहभागिता रहेको छ ।