कुलमानको चेतावनीपछि खुरुखुरु काम, त्रिशूली हव स्टेशनको काम ६० प्रतिशत सकियो

एको जेठमा केही स्थानीयबासीन्दाले विभिन्न माग राखेर नुवाकोटको किस्पाङ–५ पहरेभिरमा निर्माणाधीन त्रिशूली थ्री बी को हवस्टेशनमा अवरोध गरे । हव स्टेशनको निरिक्षणमा गएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग उनिहरुले बाझाबाझ पनि गरे । बिना कारण आयोजना रोक्न खोजेपछि कार्यकारी निर्देशक घिसिङ आक्रोशित हुनुभयो ।
उहाँले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका दिनुभयो । आयोजनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दियो ।
त्यसपछि भने आयोजनास्थलमा खुरुखुरु काम भयो, त्रिशुली थ्री ‘बी’ को हवस्टेशनमा अवरोध गर्न कोही पनि पुगेका छैनन् । घिसिङको चेतावनी र आक्रोशपछि थ्री ‘बी’ को हव स्टेशनमा मात्रै होइन यसको प्रभाव सकारात्मक त्रिशूली बेसिनमा निर्माण भइरहेका अन्य प्रसारण लाइना पनि परेको छ । अहिले कुनै पनि आयोजना निर्माणमा स्थानीयले अबरोध नगरेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।