पर्सामा भन्सार छली ल्याएको चामल बरामद
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली ल्याएको चामल बरामद गरेको छ ।
विभिन्न किसिमका चामलहरू भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरिराखेको सूचनाअनुसार शुक्रवार वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक बिदुरप्रसाद शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसल अगाडि लुकाइछिपाई राखिएको १ लाख २० हजार ८७८ रुपैयाँ बराबरको ७४ बोरा चामल बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।