देशभर मौसम सामान्यतया सफा: कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार ०७:१९

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*