प्रदेश ३ सरकारको रातो किताव छाप्ने काम अव हेटौंडाबाट

जनपत्र
२० श्रावण २०७६, सोमबार ०७:२३

हेटौंडा । प्रदेश ३ सरकारले नै अव देखि मुद्रणको काम हेटौंडाबाट नै गर्ने भएको छ । प्रदेश सरकारले पहिले मुद्रण बिभाग काठमाण्डौंबाट नीति तथा कार्यक्रम, बजेट लगाएतका किताब छाप्नुपर्ने बाध्यता भोग्दै आएपनि अव भने प्रदेश राजधानी हेटौंडाबाटनै प्रदेश सरकारको रातो किताव छाप्ने लगायतका काम गरिने भएको हो ।

किताव छाप्नका लागि मेसीननै हेटौंडामा ल्याइसकिएको प्रदेश नम्बर ३ का आन्तिरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्ट्लले बताउनुभयो । सरकारका प्रकासन छाप्नका लागि ल्याइएको मेसिन आन्तरिक मामिला मन्त्रालयमा राखिएको छ । अहिले ल्याइएको मेसिनबाटनै प्रदेश राजपत्र लगायतका काम गर्न सकिने मन्त्री जमकट्टेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*