हेटौंडाको दुग्ध पाउडर प्लान्ट निर्माणमा बेथिती, ४१ करोडको ठेक्कामा फेरी थपियो २ करोड २५ लाख
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा निर्माण भइरहेको दुग्ध पाउडर प्लान्ट निर्माणमा बेथिती देखिएको छ । पाउडर प्लान्ट निर्माणमा ४१ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण् गर्न लागिएको ठेक्कामा फेरी बिभीन्न शिर्षकमा २ करोड २५ लाख रुपैयाँ थप गरिएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्बजनिक गरेको प्रतिबेदनमा उल्लेख छ ।
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दुग्ध बिकास बोर्डले भेरिएसन आदेश स्वीकृत गरेर २ करोड ५ लाख ५८ हजार रुपैयाँ थप रकम दिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
पहिलेनै माटो परिक्षण गरेर पाउडर प्लान्ट निर्माण गर्नुको सट्टा पछी माटो परिक्षण गर्ने भनेर थप १९ लाख ८८ हजार रुपैयाँ थप गरिएको छ । संझौतापछी कार्यक्षेत्र परिबर्तन गरेर रकम थप गरेकोमा महालेखाले प्रश्न गरेको छ ।
वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँको सहयोगमा हेटौँडा उपमहानगरपालिका-१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ।
हाल मेसिनबाट पाउडर दुध र घिउ निक्लनका लागि दुई महिनामा सबै काम पूरा हुने छ। उद्योग स्थापना निर्माण सम्पन्न भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालन गरेर रोजगारी पनि सिर्जना हुने छ। सो प्लान्टबाट वाग्मती प्रदेशसहित मधेश प्रदेशको बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने बोर्डको अनुमान छ।
दैनिक ६० हजार लिटर दूध खरीद गरि दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको छ। प्लान्टमा दैनिक ६० हजार लिटर दुधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ। निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालीले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम थाले पनि मेसिनहरु विदेशबाट ल्याउन समस्या भएपछि म्याद थपिएको छ। यसैगरी बोर्डले खरिद गरेर वितरण गरेको काउम्याटमा पनि महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ ।
यस्तो छ महालेखाको प्रतिवेदन ।