हेटौंडामा बफेलो क्वालिटी फुड सञ्चालनमा

उद्योगमा प्रतिघण्टा ४० वटा राँगा, भैंसी बध गर्ने तयारी
जनपत्र
१९ श्रावण २०७६, आईतवार १९:४०

हेटौंडा । हेटौंडामा बफेलो क्वालिटी फुड सञ्चालनमा ल्याइएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा बफेलो क्वालिटी फुड प्रालि पुनः सञ्चालनमा आएको छ । आइतबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फुड प्रालिको उद्घाटन गरेका हुन् । उक्त फुड प्रालिमा पशुको बधसमेत गरिने बताइएको छ । नाकाबन्दी र भूकम्पका कारण तीनवर्षदेखि उक्त प्रालि बन्द भएको थियो । ५५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १९ करोड रुपैया“ लगानी रहेको उद्योगका निर्देशक शैयद रियाज उद्दिनले जानकारी दिए ।

उनका अनुसार उद्योगमा प्रतिघण्टा ४० वटा रा“गा अथवा भैंसी बध गर्ने क्षमता उद्योग रहेको छ । उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले हेटौंडा, चितवन र ललितपुरमा पशु बधशाला निर्माण गर्ने नीति अनुसार उद्योगलाई ७१ करोड रुपैया सहयोग गरिएको जानकारी दिए । उद्योगमा युवा व्यवसायीत्रय समिम मिया अन्सारी, तारिखजु अन्सारी र शैयदरियाज अन्सारीको लगानी रहेको छ ।

उद्योगमा एकसय ३५ जना कर्मचारी आवश्यक पर्नेमा हाललाई ७५ जना कर्मचारी नियुक्त गरिएको छ । कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, माछामासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष शान्तकी खड्की, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*