हेटौंडा–५ मा विकासका कामले गति लिदै, टोल–टोलमा सडक र ढल निर्माण

जनपत्र
१७ बैशाख २०८०, आईतवार ०८:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा पछील्ला महिनाहरुमा बिकासका कामहरुले तिब्रता पाएका छन् । टोल टोलमा सडक निर्माण र ढल निर्माणका कामले त्यतीकै तिब्रता पाएका हुन् । बिकासका कामले तिब्रता पाएपछी स्थानीय वासिन्दाहरु निकै खुसी समेत भएका छन् ।

हेर्टौंडा–५ का टोल टोलटोलमा अहिले सडक र ढल निर्माणका कामहरु भइरहेको र सामाजिक क्षेत्रका कामहरुले पनि तिब्रता पाएको वडा अध्यक्ष शुशिल घिमिरेले बताउनुभयो ।

हेटौंडा–५ को राइटोलमा ढल निर्माण, शाल्ति नगरमा ढल निर्माण, रुद्रेश्वरमा पर्खाल र स्लाब ढलानको काम, सिंचाइकुनामा बाटो स्तरिकरण, बानियाँटोलमा बाटो स्तरिकरण तथा ढल निर्माण, रंगपथमा ढल निर्माण, नविन टोलमा ढल निर्माण, ढुंगेधारामा ढल निर्माण, रत्नकाली क्षेत्रमा सडक निर्माण, जेनिथ बिद्यालय पछाडी ढल निर्माण लगायतका क्षेत्रमा काम भइरहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

हेटौंडा–५ मा ढुवानका क्षेत्र धेरै भएकाले ढल निर्माणलाई पनि सडक निर्माण जतिकै प्राथमिकता दिएको वडा सदस्य ज्ञानबहादुर थापाले बताउनुभयो । यो पाँच वर्ष भित्रको आफ्नो कार्यकालमा यस वडामा बिकासका कामले फड्को मार्ने उहाँले बताउनुभयो । वडाका हरेक टोलवासीहरुका समस्या समाधान गर्ने र विकासका कामलाई गति दिइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*