मातातिर्थ मार्खु ३३ केभी प्रसारण लाईन सुचारु गर्न मकवानपुरका साँसद बर्तौलाको माग

जनपत्र
१३ बैशाख २०८०, बुधबार २०:४४

हेटौंडा । मातातिर्थ बाट चखेल, मार्खु हुँदै ललितपुरको माल्टा सम्मको ३३ केभीको प्रसारण लाईनलाई सुचारु गर्न मकवानपुर २ का साँसद महेश बर्तौलाले माग गर्नु भएको छ । बर्तौलाले आज बुधबारको संसद बैठकमा बोल्नुहुँदै प्रसारण लाईन सरकारको मन्त्रालयहरु विचमा समन्वयको अभावका कारण बन मन्त्रालयले रुख काट्ने अनुाति नदिँदा रोकिएको बताउनु भएको छ ।

नेपाल विधुत प्रधिकरणले मार्खु सव स्टेसनको काम सुरु गरेको करिव १० बर्ष भई सकेको प्रधिकरणका उच्च अधिकारीको भनाइ छ । साँसद बर्तौलाका अनुसार उक्त प्रसारण लाईन विस्तार हुँदा मकवानपुरको थाहा, ईन्द्रसरोवर, भीमफेदी तथा कैलाश भेगमा अघोसित रुपमा नियमीत लोड सेडीङ भईरहेको छ । आयोजनाको काम सकिदा साथै त्यस भगका जनताले लोड सेडिङ भोग्नुपर्ने बाध्यत कम हुन्छ ।

आजकै बैठकमा साँसद बर्तौलाले नेपाल सरकारको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालय कस्ले चलाउछ भनेर प्रश्न गर्नु भएको छ । मिटर व्याजी पिडीतहरुलाई प्रहरीले दमन नगर्न भनेर गृहमन्त्रीले निर्देशन गर्दा पनि प्रहरीले पिडीतहरुलाई धरपकड, दमन गरेको तथा टाउको फोरेको भन्दै बर्तौलाले गृहमन्त्रालयको सञ्चालक बारे प्रश्न गर्नु भएको हो ।

साँसद बर्तोलाले करिव २ लाख हेक्टर भन्दा बढी बन डढेलोले नाश भएको तथा करिव २ हप्ता सिर्यिस ग्यास चेम्वरमा नेपालीहरु बस्नुपरेको उल्लेख गर्दै गृहमन्त्रीलाई जानकारी छ कि छैन भनेर प्रश्न गर्नू भएको हो । बर्तौला प्रत्यक दिन निर्वाचन क्षेत्रका जनताका समस्या पहिचान गरि समाधान र सदनमा उठाउनमा तल्लीन रहेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*