बागमती प्रदेशसभाको बैठक आज बस्दै

जनपत्र
१२ बैशाख २०८०, मंगलवार ०७:४५

हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज दिउसो बस्ने भएको छ । बैठक आज अपराह्न २ बजे बस्ने तयारी भएको हो ।

बैठकमा प्रदेशस्तरको शिक्षा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको नयाँ विधेयक २०८० र प्रदेश सरकारद्वारा केही महिना अघि अध्यादेशद्वारा जारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापित गरी नयाँ ऐन पारित गर्ने लक्ष्यका साथ विधेयकलाई दफावार छलफल गरी पारित गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेश सभाको बैठक गत चैत्र १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपश्चात अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*