भीमफेदी गाउँपालिकाद्वारा भैंसे स्वास्थ्य चौकीवाट प्रयोगशाला सेवा सुरु

जनपत्र
११ बैशाख २०८०, सोमबार १९:३५

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा भैंसे स्वास्थ्य चौकीवाट प्रयोगशाला सेवा सुरु गरिएको छ। भीमफेदी गाँउपालिकाको वडा नम्बर– २ भैसे स्थित स्वास्थ्य चौकीवाट आज देखी ल्याब सेवा संचालनमा ल्याइएको हो। ल्याब सेवाको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन् गर्नुभयो ।

भीमफेदीको वडा नम्बर १,२,३,४ र ९ का जनसमुदायले मानब स्वास्थ्य संग सम्बन्धित विभिन्न्न समस्याहरुको परिक्षण गर्न यो आर्थिक बर्षको लागि निशुल्क सेवा लिनेगरी ल्याब सेवा सुरु गरिएको हो । यस क्षेत्रका सयौ परिवारले यो सेवा निशुल्क रुपमा दिनेगरी सेवा सुरु गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

सानो स्वास्थ्य समस्या लिएर पनि हेटौंडा अस्पताल सम्म धाउनुपर्ने बाध्यता नहोस भन्ने उदेस्यले यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो । ल्याब सेवाबाट सुगर, जण्डिस, मृगौला, गर्भ परिक्षण, एच आइ भी, हेपाटाइटिस, युरिक एसिड, टाइफाइट, दिसा पिसाब र रगत परिक्षण गरिने अध्यक्ष लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*