हेटौंडामा प्रगतिशील वन प्राविधिक सङ्घको बागमती प्रदेश स्तरिय अधिवेशन
हेटौंडा । प्रगतिशील वन प्राविधिक सङ्घ नेपाल बागमती प्रदेश स्तरिय पहिलो अधिवेशन आज हेटौंडामा भएको छ । वन संग सम्वन्धीत प्राबिधिकहरुको अधिवेशन भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकार बिहीन मुलुक अहिले जताततै अस्त व्यस्त रहेको बताउनुभयो ।
जंगल बढ्दै जाने र रोजगारीका लागि युवाहरु खाडी मुलुक जानुपर्ने समस्याले गर्दा संरक्षण गरेको औचित्य समेत नरहेको बताउनुभयो । वनलाई पर्यटनसंग जोड्नुपर्ने उहाँले बताउनुभयो । जंगललाई कसरी जिवीका संग जोड्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको पौडेलले बताउनुभयो । जंगल बढ्दै जाने मान्छे गरिब बन्दै जानुले थप समस्या सृजना भएको उहाँले बताउनुभयो ।
प्रगतिशील वन प्राविधिक सङ्घको बागमती प्रदेशका संयोजक उत्तम चापागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । पहिलो अधिवेशनले उत्तम चापागाईको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।