शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० हिउँ चितुवा
नेपालले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ ।
व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्गकिलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवाको अनुमानित सङ्ख्या रहेको पत्ता लागाएको छ ।
नेपाल सरकारको नेतृत्वमा र स्थानीय आदिवासी समुदाय, वैज्ञानिक, युवा संरक्षणवादी र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)सँगको साझेदारीमा उक्त सर्वेक्षण गरिएको हो । संरक्षण साझेदार डब्लूडब्लूएफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा निकुञ्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले यो उपलब्धि सबैका लागि गर्वको विषय भएको बताउँदै यसले देशमा हिउँ चितुवाको सङ्ख्या अनुमान गर्ने मञ्च निर्माण गरेको उल्लेख गरे ।