हेटौंडाको हर्नामाडीमा बिना स्वीकृती जंगलका रुख कटान, स्थानीयको बिरोधपछी काठ बरामद

जनपत्र
६ बैशाख २०८०, बुधबार १४:५८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडीमा डिभिजन वन कार्यालय हेटौंडाको स्वीकृति बिनानै जंगलको रुख कटान गरिएको छ । हर्नामाडीमा रहेको गोरक्षनाथ सामुदायिक वनमा रुप कटान गरिएको हो ।

सामुदायिक वन र डिभिजन वन कार्यालयको स्वीकृती समेत नलिइकन अनाधिकृत रुपमा रुख कटान गरिएको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । वनको स्वीकृति नलिएकाले काठ वरामद गरिएको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिब सापकोटा बताउनुहुन्छ ।

काठ बरामद गरेर अब अनुसंधान सुरु गरिने सापकोटा बताउनुहुन्छ । स्थानीयको रोहबरमा चिरानकाठ बरामद गरिएको र अहिलेनै यसमा संलग्नलाई पक्राउ गरिनसकेको र अब अनुसंधानपछी दोसी पाइए कार्बाही गरिने उहाँले बताउनुभयो ।

जंगलमा काटिएको काठ तीन वटा गोलाईमा २२ क्युफिट र ८ वटा फण्टा काठमा ११ क्युफिट रहेको पाइएको छ । स्थानीय बिद्यालयलाई चाहियो भन्दै सामुदायिक वनका अध्यक्ष शैलेन्द्र बानियाँले आफुखुसी रुख कटान गरेको वन कार्यालयका कर्मचारीहरु वताउँछन् ।

डिभिजन वन कार्यालय मकवानपुरले स्थानीय वासिन्दाहरुको रुख कटानको बिरोधपछी काठ बरामद गरेपनि यसमा संलग्नलाई पक्राउ गरेको छैन । बिद्यालयलाई काठ उपलब्ध गराउने भनेपनि नियमसंगत ढंगले प्रक्रिया पुर्याएर मात्र सामुदायिक वनले बिक्री गर्न पाउँछ । तर, बिना जानकरी बिद्यालयले काठ माग गरेको चिठ्ठी समेत नलिइकन काठ कटान गरिएको स्थानीय वासिन्दाहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*