सिरहामा भन्सार छलिको सामान बरामद
सिरहामा भन्सार छलिको सामान बरामद गरिएको छ ।
सिरहा नगरपालिका–९ गुलरिया चोकस्थित माडर–चोहर्वा सडक खण्डअन्तर्गत ट्राफिक प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले बेवारिसे अवस्थामा मैदा बरामद गरेको हो ।
भन्सार छलि ल्याएको अन्दाजी ३० हजार रुपैयाँ बराबरको १५ बोरा मैदा बेवारिसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ ।






