मकवानपुरमा जंगलमा लागेको डढेलोे बस्तिमा सल्कदा दुइ घर जलेर नष्ट

जनपत्र
६ बैशाख २०८०, बुधबार ०७:०६

हेटौंडा । मकवानपुरमा जंगलमा लागेको आगो बस्तिमा सल्कदा दुइ घर जलेर नष्ट भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–६ ठुलो ज्यामिरे स्थित बनमा लागेको डढेलो बस्तिमा सलदा दुइघर जलेको हो ।

आगलागीबाट बकैया –६ ठुलो ज्यामिरे बस्ने दुर्गा माया भोलनको घर ,गोठमा आगलागी हुदा पूर्ण रुपमा नष्ट भएको छ । आगोलागीबाट ७ वटा बाख्रा, कुखुरा १२ वटा जलि मृत्यु भएको छ । उक्त आगलागी बाट अन्नपात, लत्ता कपडा, भाडाबर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लागायत गरी ७ लाख ५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।

यसैगरी स्थानीय लाल बहादुर लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुदा घर पुर्ण रुपमा जलि नष्ट भएको छ । आगलागी बाट अन्नपात, भाडाँ समेत गरी २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*