बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलको एक सय दिनका उपलब्धीहरु सार्वजनिक
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्ना एक सय दिनको उपलब्धीहरु सार्वजनिक गर्नु भएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले नेतृत्व गरेको सरकारको एक सय दिनको उपलब्ध सार्वजनिक गर्नु भएको हो ।
प्रदेश सरकारले एक सय दिनमा गरेका उपलब्धीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाले पढेर सुनाउनुभयो । प्रदेश सरकारले एक सय दिनको अवधिमा शिक्षा, सामाजिक, युवा र खेलकुदका क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, पूर्वाधार विकासका क्षेत्र, रोजगार तथा यातायात क्षेत्र, पर्यटन, उद्योग तथा सहकारी क्षेत्र, वन तथा वातावरणका क्षेत्र, आन्तिरिक मामिला तथा कानून र विपद्का क्षेत्र, सार्वजनिक प्रशासन एवं कर्मचारी व्यावस्थापनका क्षेत्रमा गरिएका कामको बिवरण प्रस्तुत गर्नुभयो ।
मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री जम्मकट्टेलले अब छिट्टै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभयो । मन्त्रालयको संख्या कुनैपन िहालतमा बृद्धी नहुने र अहिले भइरहेका मन्त्रालयमा मन्त्री नियुक्त गरिने बताउनुभयो ।
मुख्यमन्त्रीका एक सय दिनका उपलब्धीहरु यस प्रकार रहेका छन् ।
१०० दिनको समग्र कार्यप्रगति १२-०५ (1)





